यसरी जिते मातृका यादवले धनुषामा

२६ मंसिर, २०७४
धनुषाः वामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मातृका यादव धनुषा क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

संघीय समाजवादी फोरमका दीपक कार्कीलाई ९ हजार मतान्तरमा हराउँदै यादव निर्वाचित भएका हुन् ।
यादवले २६ हजार ४ सय १८ मत ल्याएर विजयी हुँदा राजपा फोरमका उम्मेदवार दिपक कार्कीले १७ हजार २ सय ९६ मत ल्याएका छन् ।

यादव द्वन्द्वकालमा लामो समय जेल बसेका थिए । उनी पहिलो संविधानसभामा समानुपातिक सांसद थिए । नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र माओवादीमा एकीकरण भएपछि यादवले पार्टि परित्याग गरि नेकपा माओवादी पार्टी गठन गरेका थिए । पार्टी परित्यागसँगै उनले सांसद पदबाट राजीनामा दिएका थिए ।

२ वर्षअघि फुटेका पाँचवटा माओवादी पार्टीबीच एकीकरण हुँदा यादव पुनः माओवादी केन्द्रमा फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *