हिमाली जिल्लाहरुमा हिमपात सुरु, जनजीवन प्रभावित, किसानलाई भने राहत

काठमाडौं, मंसिर २६ ।
हिमाली जिल्लाहरुमा हिमपात शुरु भएको छ । गएरातीबाट पानी परेसँगै बिहानैदेखि हिमपात भएको हो । हुम्ला, जुम्ला, कालिकोट, बझाङ, बाजुरा, ताप्लेजुङ, दार्चुलालगायतका जिल्लाका उच्च भेगमा हिमपात भईरहेको छ ।

हुम्लामा भने सदरमुकाम सिमकोटमै हिमपात भएको छ । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका हिमाली भेगका किसानलाई हिमपातले धेरै राहत पुर्याएको छ ।

बाक्लो हिउँ परेसँगै गाउँघर सेताम्य बनेको छ । बर्षा र हिमपातसँगै यी जिल्लामा जाडो पनि ह्वातै बढेको छ । हिमाली गाउँपालीकाहरुमा हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर भएको छ । हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *