१ सय ६० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक, नतिजा आउन बाँकि ५ क्षेत्रमध्ये ३ क्षेत्रको गणना जारी, २ वटामा स्थगित

काठमाडौं, मंसिर २६ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १६० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७७ स्थानमा जित हासिल गरेको छ ।
त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसले २१ स्थानमा जित हात पार्दा राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० स्थानमा जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक/एक स्थानमा विजयी हुँदा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अब स्याङजाको क्षेत्र नं. १ र २, कैलालीको क्षेत्र नं. २, सर्लाही–४ र सुनसरी–३ गरी ५ क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये कैलाली २ र सुनसरी–३ मा मतगणना रोकिएको छ । निर्वाचन आयोगका अनुसार अन्य क्षेत्रमा भने अहिले मतगणना भइरहेको छ । यी क्षेत्रका नतिजा पनि छिट्टै आउने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ३ सय १८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *