कांग्रेस नेता लेखकको आशा अझै बाँकी छ

२५ मंसिर, २०७४
कञ्चनपुरः कञ्चनपुर क्षेत्र नं.३ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार दिपक प्रकाश भट्ट र कांग्रेसका चर्चित नेता रमेश लेखक विचको प्रतिस्पर्धा अन्तिममा रोचक बन्दै गएको छ ।

कांग्रेस नेता लेखकलाई बाम गठबन्धनका उम्मेदवार भट्टले पछाडि पार्दै आएका छन् । पछिल्लो समय लेखकले आफ्नो मतान्तर घटाउँदै गएका छन् । मतपरिणामको पछिल्लो अपडेट अनुसार भट्टले लेखकलाई २ सय ३१ मतको झिनो अन्तरले पछाडि पारेका छन् ।

मतपरिणामको सुरुवाती अवस्थादेखि नै भट्टले लेखकलाई पछाडि पार्दै आएका थिए । भट्टले २३ हजार ४३ मत ल्याउँदा लेखकले २२ हजार ८ सय १२ मत पाएका छन् ।

अहिले मतान्तर घट्दै गइरहेको हुनाले यी दुबै बिच कडा प्रतिस्पर्धाले मतगणना रोचक बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *