प्रकाश बिनाको उज्यालो

२५ मंसिर, २०७४
कन्चनपुरः कञ्चनपुर क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विना मगर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जितको नजिक पुगेका बेला बुहारी विना मगर भने विजयी भएकी छिन् । उनले दोब्बर मतको फरकले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई पराजित गरेकी छिन् ।

विनाले ३८ हजार ४ सय ६७ मत ल्याउँदा विष्टले १९ हजार २ सय १९ मत पाएका छन् ।

उनी आफ्नो क्षेत्रमा चुनाव प्रचारप्रसारमा कंचनपुरमा रहेका बेला श्रीमान प्रकाश दाहालको हृदयाघातबाट निधन भएको थियो । प्रकाश बिनाको यो विजयले उनलाई थप सहानुभुति मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *