प्रचण्डले चुनाव जित्ने पक्का

२५ मंसिर, २०७४
चितवनः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले अहिले देशैभरी एक किसिमको रौनक छाएको छ । पुराना र नयाँ नेताहरु आफ्ना विकासे एजेण्डाहरु लिएर जनताका घरदैलोसम्म पुगेको नजिता पनि करिब करिब आइसकेको छ ।

केहि ठाउँहरुमा बाहेक बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन लगायत सबै उम्मेदवारहरुको फैसला जनताले टुंगो लगाइसकेका छन् ।

सबैभन्दा बढि चाँसोको विषयका रुपमा हेरिएको बाम गठबन्धनका उम्मेदवार मध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्क कमल दाहाल प्रचण्ड र विक्रम पाण्डेबिचको प्रतिस्पर्धा पनि हो । अहिले चितवन क्षेत्र नं. ३ को पछिल्लो मतगणनाको अवस्थालाई हेर्दा प्रचण्ड विक्रम पाण्डेभन्दा करिब १० हजार मतले अगाडि रहेका छन् ।

उनले पछिल्लो मतपरिणाम अनुसार ४४ हजार ७ सय ५० मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३४ हजार ७ सय ७ मत पाएका छन् । हालसम्म यो क्षेत्रमा ८१ हजार ७ सय ४१ मत गनेर सकिएको छ । जम्मा ९३ हजार ८ सय २३ मत खसेको यो क्षेत्रमा अब भने १२ हजार ८० मत गन्न बाँकी रहेको छ ।

यसरी हेर्दा बामगठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जितको नजिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *