बाँके क्षेत्र नं. १ मा जनताले अनुभवीलाई जिताए

सरला सुवेदी,

२४ मंसिर, २०७४
कोहलपुरः बाँके क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महेश्वर गहतराज अथक प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

अथले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका माधवराम खत्रीलाई २ हजार ९ सय ६३ मतको फराकिलो अन्तरले विजय हात पारेका छन् ।

अथकले ३१,१७३ मत प्राप्त गरि विजयी हुँदा खत्रीले २८२१० मत प्राप्त गरेका छन् ।

अथक निकै लामो समय जनयुद्धकालदेखि नै सक्रिय रुपमा काम गर्दै आएका हुनाले पनि बाम गठबन्धनले उनलाई उम्मेदवार बनाएको थियो । ०७० को चुनावमा पराजय भोगे पनि अहिले बाँकेका जनताहरुले आफुलाई निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिए । आगामि दिनहरुमा यहि समाजकै सेवामा लाग्ने इआवाजलाई बताए

त्यस्तै बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका आरती पौडेल बाँके क्षेत्र नं. १ ‘ख’ प्रदेश सभा सदस्यमा विजयी भएकी छिन् ।

पौडेलले ४ हजार १ सय ८४ मतको फराकिलो अन्तरले कांग्रेस नारायण गौडेललाई पराजित गरेकी छिन् ।

पौडेलले १९ हजार ३ सय ८९ मत प्राप्त गर्दा गौडेलले १५ हजार २ सय ५ मत मात्रै प्राप्त गरेका छन् । निकै लामो राजनैतिक यात्रा पार गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छिन् । उनको शिक्षाको क्षेत्रमा निकै लामो समय अनुभव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *