बामदेव दुई पार्टीलाई जिताएर आफु हारे

२४ मंसिर, २०७४
बर्दियाः बामदेव गौतम नेपाली राजनीति र एमालेभित्र शक्तिशाली नेता मानिन्छन् । अथवा उनीले राजनीतिका मै हुँ भन्नेहरुलाई चलाउँछन् भन्न सकिन्छ । उनले देशमा भएका ठूला स्टण्डहरुमा बोल्ड डिसिजन लिएर मुलुकलाई अप्ठ्यारोबाट जोगाएका पनि छन् ।

पछिल्लो समयको राजनैतिक अवस्थामा फेरबदल हुनु र बाम एकता हुनुमा उनको ठूलो योगदान छ । तपाथी उनी आफैले प्रतिनिधि सभाको सदस्यमा हार व्यहोर्नु परेको छ । सिंचाई मन्त्री सञ्जय गौतमसँग ७५३ मतले उनको संसदीय यात्रामा ब्रेक लागेको छ ।

बामदेव गौतम भोट माग्न बाहेक अरु बेला बर्दिया फर्किएर नआएको र जिल्लाभित्र विकासे कार्यक्रमहरुलाई महत्व नदिएको आरोप सिंगो बर्दियाका जनताहरुले लगाएका छन् । यिनै कुराहरुले पनि उनले सोचे जस्तो मत पाउन नसकेको स्थानीयहरु बताउँछन् ।

पछिल्लो समय भावी प्रधानमन्त्रीको रुपमा आफुलाई बहस र चर्चामा उतारेका उनी झिनो मतले पराजित भएका छन् । एकातिर सिंगो बाम गठबन्धनले जित्दै गएको अवस्थामा उनको हारलाई लोकतान्त्रिक गठबन्धनले मल्हमको रुपमा लिएको छ । सामाजिक संजालहरुमा उनको हारलाई लिएर विभिन्न टिकाटिप्पणीहरु उठेका छन् ।

कांग्रेसका सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत प्राप्त गरेका छन् ।
उनको हारलाई बाम गठबन्धनले ठूलो क्षतिको रुपमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *