पूर्णविराम लाग्यो रामचन्द्रको प्रधानमन्त्री बन्ने सपना

२४ मंसिर, २०७४
तनहुँः भनिन्छ कसैलाई केहि नगरे पनि सफलता हात मिल्छ तर कसैलाई जति गरे पनि केहि हात मिल्दैन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल त्यस्ता मान्छे हुन उनलाई अवसर आयो तर अवसर कहिल्यै उनको हातमा परेन ।

प्रधानमन्त्री हुने अवसर पटक पटक आउँदा र चुनाव हुँदा पनि उनको चिठ्ठा खुलेन । तर उनी निराश भने कहिल्यै भएनन् । सक्दो लडिरहे ।
उमेरको हदबन्दी र पाका पुस्ताले विश्राम लिनु पर्ने कुराले उनलाई छोइसकेको छ । अहिलेको प्रतिनिधि सभाको चुनावी मतपरिणामले उनको अबको राजनैतिक यात्रामा भने पूर्णविराम लागेको छ ।

तनहुँ क्षेत्र नं. १ मा उनी बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार किसान श्रेष्ठसँग ६ हजार भन्दा बढि मतले पराजित भएका छन् ।
एमाले किसानले ३४ हजार ४८९ मत ल्याउँदा रामचन्द्रले २७ हजार ६७५ मत प्राप्त गरे ।

पौडेलले २०७० को चुनावमा किसानलाई पराजित गरेका थिए । किसानले अहिले पालो फेर्ने अवसर पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *