रोल्पामा एकलौटी जीत सुनिश्चित गर्दै माओवादी केन्द्र

२४ मंसिर, २०७४
रोल्पाः रोल्पामा नेकपा माओवादी केन्द्रका सबै उम्मेदवारहरु निर्वाचित भएका छन् । केन्द्रको गढ मानिएको रोल्पामा यसअघिका चुनावहरुमा पनि उम्मेदवारहरुले सफलता हात पारेका थिए ।

माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमरसिंहले पाएको मतभन्दा बढि मत प्राप्त गरेका छन् । सिंहले जम्मा १९ हजार ९ सय ६ मत पाएका छन् ।

त्यस्तै, प्रदेशसभा १ मा माओवादी केन्द्रकै कुलप्रसाद केसी १८ हजार ५ सय १२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । रोल्पमाकै प्रदेशसभा २ पनि केन्द्रकै दीपेन्द्रकुमार पुन २४ हजार ४ सय ९० मत प्राप्त गरि निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *