जाेगमाया चापागाईं गजल पुरस्कार गजलकार कमल संघर्षलाई ।

काठमाण्डौं, २८ कार्तिक

जाेगमाया चापागाईं प्रतिष्ठानले प्रदान गर्दै अाएकाे जाेगमाया चापागाईं गजल पुरुस्कार – २०७४ गजलकार कमल संघर्षलाई प्रदान गरिएकाे छ । गतबर्ष रचनावाचन समूहले प्रकाशन गरेको गजल संग्रह “सडक”लाई एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिनुका साथै पुरस्कृत गजलकार कमल संघर्षकाे गजल वाचन सम्पन्न भएकाे छ । नगद रु. २५ हजार राशी र ताम्रपत्र सहित हरेक बर्ष गजल लेखनमा सक्रिय रहेका मध्येबाट एकजनालाई प्रदान गरिदै अाएकाे उक्त पुरस्कार प्रतिष्ठानले यस वर्ष युवा पुस्ताका सशक्त गजलकार संघर्षलाई प्रदान गरेको छ । सुदामा चापागाईंकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले नेपाली गजलमा कमल संघर्ष जस्ता केही श्रष्टाहरु देखा पर्नु नै नेपाली गजलकाे भविष्यलाई फराकिलो बनाएकाे बताउनु भयाे ।

 

केका लागि यो मरिहत्ते के छ तिमीसँग
मृत्यु बाहेक अर्को सत्य के छ तिमीसँग

दुनियाँ आफ्नो बनाउन दुईटा कुरा चाहिन्छ
रुपियाँ र यौवन मध्ये के छ तिमीसँग ?

प्रस्तुत गजलका सेरहरुबाट गजल वाचन थालेका कमल संघर्षले जंगल पसे बुद्धहरु बन्दुक बाेकेर, एेनाले पनि अनेक थरिकाे, उदाहरणका लागि, प्रयाेगशालामा, अाफ्नै मन पनि अरुकाे, देशले दिन्न कामकाज खाडिमा पुग्छ, चिठ्ठि नपठाउनु, धरहराबाट,मलाई के थाहा देश राजधानी भित्र हुन्छ, जाने बेलामा लगायतका दर्जन बढि गजलहरु वाचन गरेका थिए ।

गजलकार पुर्ण रावलले कमल संघर्ष पछिल्लो पुस्ताको अब्बल गजल लेख्ने गजलकार भएको दाबी गरे । सुदुरपश्चिममा जन्मेर पनि नेपाली गजलमा प्रसिद्धि कमाएको आफु निकै हर्षित भएको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *