पोखरेल र आलम विजयी

२४ मंसिर, २०७४
काठमाडौः काठमाडौ क्षेत्र नं. ५ मा नेकपा एमालेका महासचवि ईश्वर पोखरेल निर्वाचित भएका छन् ।

पोखरेलले आफ्ना निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता प्रकाश शरण महतलाई ९ हजार ७ सय बढि मतको फराकिलो अन्तरमा विजयी भएका छन् ।

पोखरेलले २२ हजार ९ सय २९ मत ल्याउँदा नेपाली कांग्रेसका प्रकाश शरण महतले १३ हजार एक सय ६९ मत ल्याएका छन् ।

त्यस्तै, रौतहट क्षेत्र नंं.२ मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद आफताब आलम प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका किरणकुमार साहलाई १ हजार ९ सय ६८ मतको अन्तरले पराजित गरेका छन् ।
आलमले आलम १८८३३ मत पाउँदा, फोरमका किरणकुमार साहले १६८६५ मत र एमालेका मो. मुस्ताक आलमले १३८८३ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *