पूर्व गृहमन्त्रीलाई लाग्यो झट्का

२४ मंसिर, २०७४
सुर्खेतः कांग्रेसभित्र निकै शक्तिशाली मानिएका नेता पूर्णबहादुर खड्काको संसदीय यात्रामा पूर्णविराम लागेको छ ।

सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उनलाई नेकपा एमाले सुर्खेतका जिल्ला अध्यक्ष ध्रुवकुमार शाही विजयी खड्काले झट्का दिएका छन् ।

कांग्रेस नेता खड्कालाई ३ हजारको फराकिलो मत अन्तरले पछाडि पार्दै शाहीले विजय हात पारेका छन् । खड्काले ३३ हजार ३ सय ७७ मत ल्याउँदा शाहीले ३६ हजार ८५९ मत पाएका छन् ।

खड्काले २०४८ पछि लगातार चुनाव जित्दै आए पनि ०६४ को संविधानसभा निर्वाचनमा भने उम्मेदवारी दिएका थिएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *