भारत पुगेर प्रचण्डले नेपालीहरुलाई के आश्वासन दिए त?

नयाँदिल्ली,२२ भदौ-भारत भ्रमणमा गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतमा काम गर्ने नेपालका समस्या चाँडै समाधान हुने बताएका छन् ।

भारत भ्रमणका क्रममा आज नेपाली राजदुतावासमा अखिल भारत नेपाली एकता मञ्च र प्रवासी नेपालीसंघका प्रतिनिधिसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने , “भारतमा काम गर्ने तल्लो तहका कामदारदेखि स्वतन्त्र तरिकाले व्यवसाय सञ्चालन गर्ने नेपाली कामदारका विषयमा डिनर मिटिङमा यहाँका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोबलसँग कुराकानी भएको छ।”

अहिले दुवै देशमा बहुमतको सरकार रहेकाले भारतमा नेपाली कामदारले भोग्दै आएका समस्या समाधान हुने आश्वासन दिएका छन्।

उनले सल्लाहकार डोबलसँग झण्डै ३ घण्टा भारतमा बस्ने नेपालीहरुका समस्या, दुई देशबीच भएका सम्झौताका बारेमा छलफल भएको समेत बताए । उनले नेपाल र भारतबीच भएका विभिन्न सम्झौता र समझदारीमा आफ्नो भ्रमण केन्द्रित रहेको बताएका छन ।

बिम्स्टेक सम्मेलन पछि भारतीय प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा अध्यक्ष प्रचण्ड बिहिबार दिल्ली पुगेका हुन ।

प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको दुतावासले जनाएको छ ।

प्रचण्डको सम्मानमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले शनिबार बिहान दिवा भोजको आयोजना गर्ने भएकी छिन्। बेलुका इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । शुक्रबार साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहले पनि प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन

Leave a Reply

Your email address will not be published. Required fields are marked *