मत परिणामसँगै आयो देउवालाई कडा चेतावनी
काठमाडौं, २३ मंसिर,
चुनावको मतपरिणाम सार्वजनिक हुँदै गर्दा विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएको छ ।
शनिबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘वर्तमान कामचलाउ सरकारले बामपन्थी गठबन्धनलाई सरकार गठन गर्न सहयोग पुर्याउनु पर्ने यो बेला जनताको अपेक्षा विपरीत अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थ, ग्याँस लगायतमा मूल्यवृद्धि गरेर बाम गठबन्धन प्रतिको लहर भड्काउने निकृष्ट हर्कत गरेको छ । हामी देउवा सरकारको यो हर्कतको घोर भत्र्सना गर्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गर्दछौं ।’
अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारी र अनेरास्ववियुका महासचिव ऐन महरद्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तीमा मूल्यवृद्धि फिर्ता नलिए लोकतान्त्रिक गठबन्धनको बचेखुसेको साख पनि अन्त्य हुने बताइएको छ ।
प्रेस विज्ञप्ती जस्ताको त्यस्तै पढ्नुहोस् ।