३६ सयको आँकडा

काठमाण्डौं, २३ मंसिर,
गोरखा क्षेत्र नं.२ बाट उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठलाई फराकिलो अन्तरले पछाडि पारेका छन् ।

भट्टराईले हालसम्मको मतगणनाबाट प्राप्त गरेको मत २३ हजार १ सय १७ मत छ भने माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् । मतगणना अझै जारी रहेको छ ।

डा. बाबुराम भट्टराईले नारायाणकाजी श्रेष्ठलाई ३६ सय मतले पछाडि पारेका छन् ।

त्यस्तै झापा क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला ३६ सय मतले पछि परेका छन् ।
सिटौलाले ९ हजार ४ सय ४१ मत प्राप्त गर्दा बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले १३ हजार ६० मत ल्याएर अग्रस्थानमा रहेका छन् ।

सिटौला भन्दा लिङ्देन ३६ सय मतले अगाडि रहेको छन् ।

डा.बाबुराम भट्टराई र कृष्ण प्रसाद सिटौलाले शान्तिवार्ता, विस्तृत शान्ति सम्झौता, लोकतन्त्र, गणतन्त्र र संविधान कार्यान्वयनसम्म महत्वपूर्ण भूमिका निभाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *