राजनलाई पछ्याउँदै गगन

काठमाण्डौं, २२ मंसिर,

अहिले देशैभरि प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको निर्वाचनको मतगणना भैरहेको छ । धेरै जसो ठाउँहरुमा चर्चित अनुहारबिच भएको प्रतिस्पर्धाले सबैलाई एककिसिमको चाँसो रहेको छ । त्यसमा पनि काठमाण्डौं क्षेत्र नं.४ मा सबैको विशेष ध्यान रहेको छ । दुबै जना युवा पुस्ताले रुचाएका अनुहार हुन् ।

बाम गठबन्धनका तर्फबाट नेकपा एमाले राजन भट्टराई र नेपाली कांग्रेसका तर्फबाट गगन थापा प्रतिस्पर्धामा छन् । पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका राजन भट्टराइले १ हजार २ सय ३९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गगन थापाले १ हजार ४१ मत प्राप्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *