कहाँ कसको अग्रता ?

काठमाण्डौं, २२ मंसिर,

हालसम्मको मतगणना अनुसार बाम गठबन्धनका उम्मेदवारहरुले देशका धेरै ठाउँहरुमा अग्रस्थानमा रहेका छन् । नेकपा एमालेले १६ स्थानमा अग्रता लिएको छ । त्यसमध्ये ताप्लेजुङ, बैतडी, बझाङ, मुगु, म्याग्दी, दार्चुला, ओखलढुंगा, धादिङ १ र २, नुवाकोट, दोलखा, पाँचथर, सिन्धुपाल्चोक २ , ललितपुर २, डोल्पा र बाग्लुङ १ अग्रस्थानमा रहेको छ ।

त्यस्तै माओवादी केन्द्रले हालसम्मको मतगणना अनुसार १३ स्थानमा आगाडि रहेको छ । त्यसमध्ये पश्चिम रुकुम, रोल्पा, जाजरकोट, सिन्धुपाल्चोक १, कालीकोट, गोरखा १, नुवाकोट २, सोलुखुम्बु, भोजपुर, जुम्ला, रामेछाप, लमजुङ र बाग्लुङ २ मा अग्रता लिएको छ ।

त्यसै गरि नेपाली कांग्रेस हालसम्मको मतगणना अनुसार ५ स्थानमा अगाडि रहेको छ । रसुवा, संखुवासभा, बाजुरा, ललितपुर ३ र हुम्लामा अगाडि रहेको छ ।

त्यसै गरि नयाँ शक्ति पार्टी हालसम्मको मतगणना अनुसार गोरखा २ मा अगाडि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *