एमालेको अग्रता कायमै

काठमाण्डौं, २२ मंसिर,

प्रतिनिधि सभा र प्रदेश सभाको हालसम्मको मत परिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।

एमाले प्रनिनिधि सभा २ र प्रदेश सभामा ३ स्थानमा विजयी भएको छ । देशभरिको मतपरिणाम अनुसार प्रतिनिधि सभामा १८ प्रदेश सभामा २२ स्थानमा अग्रता लिएको छ ।

त्यस्तै माओवादी केन्द्रले हालसम्म प्रनिनिधि सभा १ र प्रदेश सभामा २ स्थानमा विजयी भएको छ । केन्द्रले प्रतिनिधि सभामा १२ र प्रदेश सभामा १९ स्थानमा अग्रता लिएको छ ।

त्यस्तै, नेपाली कांग्रेसले प्रदेश सभामा १ स्थानमा विजय हात पार्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभामा ५ र प्रदेश सभामा ७ स्थानमा अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *