एमाले र माओवादीले खोल्यो खाता, कमला र पोल्देने बने सांसद

काठमाण्डौं, २२ मंसिर,
मनाङमा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यको पदमा पोल्देन छोपाङ गुरुङले विजय हात पारेका छन् । नेकपा एमालेका तर्फबाट उनी पहिलो निर्वाचित प्रतिनिधिसभा सदस्य बनेका छन् ।

उनले निकटत प्रतिद्वन्द्वी पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका छन् । पोल्देनले २ हजार ३ सय मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोकाले विजय हात पारेकी छिन् । रोका पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छिन् ।

उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार बढि मतको फराकिलो अन्तरले विजय हात पारेकी छिन् । रोकाले बाम गठबन्धनका तर्फबाट १० हजार ४३४ मत प्राप्त गरिन् भने नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरे ।

उनी माओवादी जनयुद्धको पहिलो महिला छापामार पनि हुन् । रोका पूर्व आपूर्तिमन्त्री एवं पूर्व वाईसीएल अध्यक्ष गणेशमान पुनकी जीवनसंगिनी हुन् । उनले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *