दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो–निर्वाचन आयोग

काठमाडौं, २१ मंसिर,
आज भएको प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खसेको र २ स्थानमा मतदान स्थगित भएको आयोगले जानकारी दिएको छ । मंसिर १० गते भएको पहिलो चरणको निर्वाचना ६५ प्रतिशत मत खसेको थियो ।

पहिलो चरणको निर्वाचनको मतगणा सुरु भएको छ । मंसिर १० गते निर्वाचान भएका जिल्लाहरुको मतगणा आज साँझ ५ बजेदेखि सुरु भएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाकाका लागि निर्वाचन भएको थियो

आज भएको दोस्रो चरणको निर्वाचनमा मतदान सकिए लगत्तै मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । केही जिल्लाहरुमा मतगणना सुरु भइसकेको छ भने केही जिल्लामा सर्वदलीय बैठक बसेर अगाडि बढाउन दलहरु लागि परेका छन् ।

मतगणनालाई व्यवस्थित र मर्यादित बनाउन मतगणना स्थलमा तारबार सहित सिसि क्यामेरा जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *