चितवनमा बढाईयो ५ हजार बढि सुरक्षाकर्मी

काठमाण्डौं, २० मंसिर, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर चितवनमा ५ हजार बढि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भोलि २१ गते हुने दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै ३ हजार २ सय ९६ जनपथ प्रहरी र १ हजार ७ सय १० म्यादी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी दिपक थापाका अनुसार एउटा मतदानस्थलमा १२ देखि ४९ जनासम्म जनपथ प्रहरीको व्यवस्था गरिएको र आवश्यकता अनुसार म्यादी प्रहरी पनि परिचालन गरिएको बताएका छन् । उनले निर्वाचन शान्ति पूर्ण वातावरणमा सम्पन्न गर्नका लागि प्रहरीको मोबाइल टोली, शसस्त्र र नेपाली सेनाको संयुक्त टोली, अनुसन्धानको टोली र पर्याप्त मात्रामा सिभिल प्रहरी पनि खटिने जानकारी दिए ।

बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेकाले पनि सुरक्षा व्यवस्था बलियो पारिएको स्रोतले जानकारी दिएको छ ।

जिल्लामा निर्वाचन हुने १६६ मतदानस्थल र ४०८ मतदान केन्द्रमा निर्वाचनका कर्मचारीहरु सहितको सुरक्षाकर्मीको टोली हिजो सम्बन्धित ठाउँमा पुगिसकेका छन् । टोलीले मतदाता परिचय पत्र वितरण सुरु गरेको छ । १६१ मतदानस्थल मध्ये ५२ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचिमा राख्दै उच्च सर्तकता अपनाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *