राजेन्द्र महतोले पैसा बाँडेको आरोप

काठमाडौं, २० मंसिर, जनकपुरमा गएराती राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र महतोसहितका नेता कार्यकर्ता जनकपुर महानगरपालिका वडा नम्बर ८ स्थित देबीचो राती आमनेसमने भेटिएपछि झडप भएको हो ।

चुनावको पूर्वसन्ध्या तथा मौन अवधिमा राजप अध्यक्ष मण्डलका सदस्य तथा उम्मेदवार राजेन्द्र महतो पैसा बाँड्न हिडेको आरोप लगाउँदै कांग्रेसका कार्यकर्ताले अवरोध गरेपछि झडपको स्तिथी सिर्जना भएको हो ।

कार्यकर्ता भेट्न र खाना खान निस्केको बेला कांग्रेसका कार्यकर्ताले गुण्डागर्दीको शैलीमा आएर आफुहरुलाई आक्रमण गरेको राजपाले आरोप लगाएको छ ।

कांग्रेसका स्थानीय नेता जीवनाथ चौधरीले मौन अवधिमा राजपाले मतदाता प्रभावित हुने गरि पैसा बाड्न थालेको खबर थाहा पाएपछि आफुहरुले अवरोध गरेको बताएका छन् । कांग्रेसका कार्यकर्ताको अवरोध र झडपपछि राजेन्द्र महतोलगायतका राजपाका नेता कार्यकर्ता त्यहाँबाट भागेको बताइएको छ ।

भोलि २१ गते हुने चुनावका लागि धनुषा–३ बाट राजपाका तर्फबाट राजेन्द्र महतो र कांग्रेसका तर्फबाट विमलेन्द्र निधिबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *