ढुक्क भएर मतदान गर्नुहोस्–प्रमुख आयुक्त

काठमाडौं, १९ मंसिर,

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले विहीबार हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न सबै मतदाताहरुलाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले सुरक्षामा अहिले व्यापक सुधार आएको र निर्वाचनका लागि सबै तयारी पूरा भएको बताएका छन् । उनले भने– ‘निर्वाचनका लागि सबै मतादाताहरुको लागि भरपर्दो सुरक्षाको व्यवस्था गरिएको छ ।’
उनले भने, ‘आयोग अहिले जस्तो सुकै अवस्थामा पनि शान्ति सुरक्षा कायम गर्न स्ट्याण्डबाई अवस्थामा रहेको छ ।’  निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरुलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद व्यक्त गर्दै त्यस्ता आपराधिक कार्यमा संलग्नहरुलाई कार्वाही गर्न सरकार लागि परेको पनि उनले बताए ।

पर्सि बिहीबार २१ गते दोस्रो चरण अन्तरगत ४५ वटा जिल्लामा निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *