चपली बम विस्फोट : गगन थापा, प्रदेश उम्मेदवार खड्कासहित १५ घाइते, १ जनाको अवस्था गम्भिर

काठमाडौं, मंसिर १८ । उच्च सुरक्षा रहेको भनिएको राजधानी काठमाडौंमा चुनाव विरोधीहरुले एकपछि अर्को विष्फोट गराएका छन् ।

काठमाडौंको बुढानिलकण्ठ, चपलीस्थित भंगाल महादेव कोलनी छेउमा गराइएको बम विष्फोटमा कांग्रेस नेता गगन थापासहित १५ जना घाइते भएका छन् ।क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका थापा घरदैलोमा जाँदै गर्दा उनलाई नै लक्षित गरी बम प्रहार गरिएको थियो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सातजना घाइतेको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार हुँदैछ । घाइते हुनेमा प्रदेश सभाका कांग्रेस उम्मेदवार साधुराम खड्कासहित राजकाजी श्रेष्ठ, जयराम लामिछाने, ध्रुव खड्का र एक जना महिला छन् ।

यसअघि सोमबार बिहान बालुवाटारमा दुईवटा बम फेला परेको थियो । निष्कृय तुल्याउने क्रममा एउटा बम विस्फोट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *