कांग्रेसको चुनावी घरदैलोका क्रममा चपलीमा बम बिस्फोट, नेता गगन थापासहित ६ घाइते

काठमाडौं, मंसिर १८ ।
घरदैलो कार्यक्रममा व्यस्त रहेका नेपाली कांग्रेसका प्रवक्ता एवम् पुर्व स्वास्थ्य मन्त्री गगन थापाको टोलीलाई लक्षित गरी बम विस्फोट भएको छ। थापाको कान र ढाडमा चोट लागेको छ ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका २ स्थित चपली हाइट नजिकै सोमबार बिहान विस्फोट हुँदा थापासहित ६ जना घाइते भएको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए। उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।

थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्।  विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *