फोटोग्राफर श्रेष्ठको ‘ग्लाम क्यालेन्डर’ अमेरिकामा सार्वजनिक
मेरिल्याण्ड, मंसिर १८।
अमेरिकाको मेरील्याण्डको सिल्भर स्प्रिङ्ग्समा नेपालका ख्याती प्राप्त चर्चित फोटोग्राफर राजीव श्रेष्ठको ‘ग्लाम क्यालेन्डर २०१८’ सार्वजनिक गरिएको छ ।
नेपालका चर्चित ग्लामर तस्वीर खिच्ने मध्ये कै एक राजिव श्रेष्ठले अमेरिकाको भर्जिनिया, न्यूयोर्क, मेसेचुसेट्स राज्य तथा डीसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरुको छायाँचित्रहरुको संग्रह गरिएका तस्वीरलाई पात्रो निर्माण गर्दै ‘ग्लाम क्यालेन्डर २०१८’ को सार्वजनिक गरेका हुन् । कार्यक्रममा खिभिएका तस्विरहरुको प्रदर्शन समेत गरिएको थियो ।
श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका छन् । अमेरिकामा रहेता पनि उनले आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् । अमेरिकामा रहेका नेपाली कलाकार, मोडल महिला तथा पुरुषका अलावा मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहनेलाई समेत उनले प्रोत्साहन गर्दै आएका छन् ।
नेपालमा रहदा पनि ग्लाम क्यालेन्डर निकालेको स्मरण गर्दै उनले सो कार्यलाई अमेरिकामा समेत निरन्तरता दिएको बताए । उनले नेपालमा पहिला कलाकारहरुको पोस्टकार्ड, पोस्टर र त्यसपछि ग्लामर क्यालेन्डर निकालेको बताए ।
ग्लाम क्यालेन्डर २०१८ को सार्वजनिक समारोहमा अमेरिकाका लागि नेपाली राजदुत डा। अर्जुनकुमार कार्की प्रमुख अतिथि रहेका थिए ।