ट्रिपर दुर्घटनामा १ जनाकाेे मृत्यु

धादिङ, मंसिर १८ । धादिङको धुनवेशी नगरपालिका–६ चालिसेमा आज बिहानै बालुवा लोड गरेको ट्रिपर दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ । चालक भने सामान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रिपरका परिचालक धादिङकै गल्छी गाउँपालिका बैरेनीका राजेश विक रहेका छन् । आज बिहान ४ बजे भएको दुर्घटनामा गम्भिर घाइते भएका विकको उपचारको क्रममा स्टार अस्पताल सानेपा ललितपुरमा सवा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रिपर चालक चितवन खुरखुरेका राजेश लामा सामान्य घाईते भएका छन् ।

बैरेनीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ७४०७ नम्बरको ट्रिपर नियन्त्रण गुमाएर सडकबाट अन्दाजी १५ मीटर तल खसेको ईलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *