लिभरपुलद्वारा ब्राइटन ५–१ ले पराजित

१८ मंसिर । प्रिमियर लिगअन्तर्गत शनिबार लिभरपुलले ब्राइटनलाई ५–१ ले पराजित गर्‍यो । उसको जितमा रोबर्टो फिर्मिनोले दुई तथा एम्रे च्यान र फिलिपे कोउटिन्होले १–१ गोल गरे । अर्को गोल लेविस डंकको आत्मघाती रह्यो । एभरटनले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा हडर्सफिल्डलाई २–० ले पराजित गर्‍यो । गिल्फी सिगुर्डसन र डोमिनिक काल्भर्ट–लेविनले दोस्रो हाफमा गोल गरेपछि नवनियुक्त प्रशिक्षक साम अलार्डाइसले सुखद सुरुआत गरे ।

ह्युङ मिन सनले बराबरी गोल फर्काएपछि टोटेनहम हट्सपरले वाटफोर्डसँग १–१ को बराबरी खेल्दै हारबाट जोगियो । वाटफोर्डले काबासेलेको गोलबाट अग्रता लिएको थियो । अन्य खेलमा लेस्टरले बर्नलीलाई १–० र स्टोक सिटीले स्वान्सीलाई २–१ ले हराए । वेस्ट–ब्रुम र क्रिस्टल प्यालेसको खेलमा कुनै गोल भएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *