डब्लुसिएल : दोस्रो अभ्यास खेलमा नेपालद्वारा केन्या ६ विकेटले पराजित, दिपेन्द्र र ललित बने म्याच विनर

अवुधावी, मंसिर १७ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल खेल्नु अघिको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । युएइको अवुधावीमा सम्पन्न खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले ३३ औँ ओभरमा एक सय १० रन मात्र बनाउन सक्यो । बलियो सुरुवत गर्दै ५४ रन हुदा पहिलो विकेट गुमाएको केन्याली टोलिको स्कोर ६८ रन हुँदा महत्वपुर्ण ६ विकेट खेर फालेको थियो । ओपनरद्धय एलेक्स ओबान्डाले २५ तथा रुसाव पटेलले २७ रन बनाउँदा त्यसपछि ब्याटिङमा आएका खेलाडीले राम्रो खेल्न सकेनन् । ललित भण्डारीको कसिलो बलिङ अगाडी केन्याले एकै ओभरमा तीन विकेट गुमाएको थियो ।

केन्याका लागि गुरदिप सिंहले २२ रन बनाए । १ सय ५ रन बनाउँदा सात विकेट गुमाएको केन्याका विरुद्ध सन्दिपले लगातार २ विकेट लिदै उसको पारीलाई खुम्च्याएका थिए । जसका कारण केन्याले २९ ओभरमा १ सय ५ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । नेपालले आज मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसन्त रेग्मीलाई बेन्चमा राख्दै युवा खेलाडीलाई खेलाएको थियो । बलिङतर्फ नेपालका ललित भण्डारीले चार तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

१ सय ११ रनको लक्ष्य पाएको नेपालले १९ ओभर ५ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरे पनि सुरुवात भने राम्रो गर्न सकेन । पहिलो ओभरमा नै नेपालको स्कोर २ रन हुदा पहिलो विकेट झर्यो । त्यसपछि ३ रन हुँदा नेपालले अर्को विकेट खेर फाल्यो । नेपालका लागि सागर पुन र दिलिपनाथ सस्तैमा आउट भएका हुन् । त्यसपछि क्रिजमा आएका अनिलकुमार शाहपनि १३ रनमा आउट भएपछि नेपालले २९ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि दिपेन्द्रसिंह ऐरीले कप्तान सरद भेषवाकरसँग मिलेर ७६ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुरयाए । नेपालको जितेमा दिपेन्द्रसिंह ऐरीले ४६ रन तथा शरद भेषवाकरले ३१ रनको योगदान गरे ।

यसअघि पहिलो अभ्यास खेलमा नेपाल शुक्रबार अमेरिकासँग पराजित भएको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणमा नेपालले आगामि मंसिर २० र २२ गते युएईको सामना गर्दैछ । प्रतियोगिता आगामि साता सकिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *