डब्लुसिएल : दोस्रो अभ्यास खेलमा केन्याले नेपाललाई दियो १ सय ११ रनको लक्ष्य, नेपालको खराब सुरुवात

अवुधावी, मंसिर १७ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल खेल्नु अघिको दोस्रो अभ्यास खेलमा केन्याले नेपाललाई १ सय ११ रनको लक्ष्य दिएको छ ।

अवुधावीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको केन्या ३३ औँ ओभरमा एक सय १० रनमा अलआउट भयो । बलियो सुरुवत गर्दै ५४ रन हुदा पहिलो विकेट गुमाएको केन्याले टोलिको स्कोर ६७ रन हुँदा महत्वपुर्ण पाँच विकेट खेर फालेको थियो । ओनरद्धय एलेक्स ओबान्डाले २५ तथा रुसाव पटेलले २७ रन बनाउँदा त्यसपछि ब्याटिङमा आएका तीन खेलाडीले दोहोरो अंक जोडन सकेनन । ललित भण्डारीको कसिलो बलिङ अगाडी केन्याले एकै ओभरमा तीन विकेट गुमाएको थियो ।

उसको स्कोर ६८ रन हुदा ६ विकेट झरेको थियो । केन्याका लागि गुरदिप सिंहले २२ रन बनाए । १ सय ५ रन बनाउदा सात विकेट गुमाएको केन्याका विरुद्ध सन्दिपले लगातार दुई विकेट लिदै उसको पारीलाई खुम्च्याएका थिए । जसका कारण केन्याले २९ ओभरमा १ सय ५ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । नेपालले आज मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसन्त रेग्मीलाई बेन्चमा राख्दै युवा खेलाडीलाई खेलाएको थियो । बलिङतर्फ नेपालका ललित भण्डारीले चार तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

जवाफमा नेपालको सुरुवात आज पनि खराब रह्यो । पहिलो ओभरमा नै नेपालको स्कोर २ रन हुदा पहिलो विकेट झर्यो । त्यसपछि ३ रन हुँदा नेपालले अर्को विकेट खेर फाल्यो ।
नेपालका लागि सागर पुन र दिलिपनाथ सस्तैमा आउट भएका छन् । यसअघि पहिलो अभ्यास खेलमा नेपाल शुक्रबार अमेरिकासँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *