काँग्रेस युवा नेता थापाले आज अन्तिम चुनावी सभा गर्दै, राप्रपा प्रजातान्त्रिक अध्यक्ष राणालेसमेत सम्वोधन गर्ने

काठमाडौं, मंसिर १७ ।
नेपाली काँग्रेसका प्रखर युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले आइतबार अन्तिम चुनावी सभा गर्दैछन् । काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार थापाले आइतबार दिउँसो २ बजे कपनको ह्याण्डबल मैदानमा चुनावी सभा गर्न लागेका हुन् ।

क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सदस्य भइसकेका थापाको सभामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालेसमेत विशेष सम्वोधन गर्नेछन् । लोकतान्त्रिक गठबन्धन भएपछि एकआपसमा निकै सौहार्द बढेको छ ।

सभामा व्यस्त समय निकालेर धेरै भन्दा धेरै कलाकारलाई उपस्थित गराइने थापा निकट स्रोतले बताएको छ । नायिका रेखा थापा समेत सभामा उपस्थित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *