दाम्पत्य जीवनको दशौं वर्षगाँठमा धुर्मुस-सुन्तलीले ल्याए ‘उनी र म’ (भिडियोसहित)

काठमाडौँ । मनकारी हास्य जोडी धुर्मुस/सुन्तली अर्थात सीताराम कट्टेल र कुञ्जना घिमिरेले लगनगाँठो कसेको एक दशक पुगेको छ । हास्य जोडीको रुपमा करियरको उत्कर्षमा पुगेको बेला उनीहरु दाम्पत्य जीवनका बाँधिएका थिए । यसरी धुर्मुस/सुन्तलीले दाम्पत्य जीवनको आरोह-अवरोह पुरा गरेको एक दशक पुगेको मेसोमा उनीहरुले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । धुर्मुस/सुन्तलीकै युट्युब च्यानलमा यो गीत हेर्न र सुन्न सकिन्छ ।

‘उनी र म’ गीत सार्वजनिक गर्दै लोकप्रिय हास्य जोडीले आफ्नो खुसी दर्शक र शुभचिन्तकसँग साझेदार गरेका छन् । गीतकार दिनेश थपलियाले लेखेको गीतमा अर्जुन पोख्रेलले धुन भरेका हुन् । सुबिहानी फिल्म्सको प्रस्तुतीमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सुबिहानी नाम धुर्मुस/सुन्तलीकी छोरीको नामबाट जुराइएको हो ।

गीतमा राजेश पायल राई र अन्जु पन्तको आवाज छ । यसको छायांकन कतार र नेपालमा गरिएको छ ।

धुर्मुस/सुन्तली जो सामाजिक कार्यबाट विश्वकै नेपालीमाझ प्रिय छन् । उनीहरुले भूकम्प पीडितदेखि बाढी पीडितसम्मको उजाडिएको घरबार सम्हालिदिएका छन् । एकिकृत नमुना बस्ती निर्माणको अभियानबाट समाजमा नयाँ तरंग ल्याएका उनीहरुले हास्य कलाकारिताबाट लोकप्रियताको उचाइ चुमेका थिए ।

हास्य कलाकारको रुपमा स्क्रिन शेयर गरेका उनीहरु अन्ततः वास्तविक जीवनमा पनि पति-पत्नी बने । २०६४ साल मंसीर महिनाको १४ गते बिवाह गरेका उनीहरुको एउटी छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *