राजधानी भित्र्याउन लागिएको विस्फोटक पदार्थसहित दुई भारतीय पक्राउ

धादिङ, मंसिर १५ । झापाको काँकडभिट्टाबाट काठमाडौं आईरहेको ना७ख ४९७६ नम्बरको यात्रुवाहक बसबाट विष्फोटक पदार्थसहित २ जनालाई पक्राउ गरिएको छ । धादिङको खानीखोलामा असइ दीपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरीले एउटा प्रेसर कुकर बम र २ वटा सकेट बमसहित बम बनाउन प्रयोग हुने विष्फोटक पदार्थ बरामद गरेको हो ।

प्रहरीले विफोटक पदार्थ ल्याएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत आसामका राजु विश्वास र भारत पश्चिम बंगालका मोहमद फर्मान अली रहेको प्रहरीले जनाएको छ । निर्वाचनलाई लक्षित गरेर आतंक मच्चाउने उद्देश्यले विष्फोटक पदार्थ काठमाडौं ल्याउँदै गरेको प्रहरीले बताएको छ ।

विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको हो । बसबाट भारतीय नागरिकलाई विस्फोटक सामाग्री बनाउन चाहिने कच्चा पदार्थ र उपकरणसहित पक्राउ गरिएको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए । उनले सबै सामान नष्ट गर्न गजुरीस्थित सेनालाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

पक्राउ परेका भारतीयसँग थप अनुसन्धान भइरहेको राउतले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *