अमेरिका बिरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं १५ मंसिर । विश्व क्रिकेट लिगको युएई बिरुद्ध हुने खेल खेल्न दुबई पुगेको नेपाली टिमले अहिले अमेरिका बिरुद्ध अभ्यास खेल खेल्दै छ । खेलमा अमेरिकाले टस जितेर पहिलो फिल्डिङ रोजेपछि नेपाली टिमले पहिले ब्याटिङ गर्ने भएको छ । आज नेपाली टिमको कप्तानी शरद भेषवाकरले गर्ने भएका छन् ।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप ९डब्लुसिएल० अन्तर्गत युएई विरुद्धको अन्तिम चरणको खेल अघि नेपालले अमेरिकासंग खेल्न लागेको हो। नयाँ स्वरुपमा युएसए क्रिकेट बनाएपछि अमेरिका गल्फ टुरमा निस्कन लागेको हो। अमेरिकाले टुर अन्तर्गत डिसेम्वर २ मा केन्यासंग खेल्नेछ भने ओमानसंग डिसेम्वर ४, ५ र ७ मा मस्कटमा तीन खेल खेल्नेछ। त्यस्तै डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपालले मंसिर २० र २२ गते खेल्नेछ ।

नतिजाका हिसाबमा नेपालले यूएईसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलबाट केही पाउँदैन । यूएईको हकमा पनि ठ्याक्कै यही लागू हुन्छ । सातौं तथा अन्तिम चरणको खेल खेल्नुअघि नेपाल र यूएई शीर्ष चारको दौडबाट बाहिरिइसकेका छन् । दुवै टोलीले विश्वकप छनोटमा पुग्ने सोझो बाटो गुमाइसकेका छन् । डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। त्यसैले अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीको रुपमा लिएका छन्।

डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।

नेपाली टिम 

पारस खड्का ‘कप्तान’ , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ बैकल्पिक खेलाडी स् सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *