काँकडभिट्टा गोल्डकपः उपाधिका लागि मनाङ र आर्मी भिड्दै

काँकडभिट्टा, मंसिर १५ ।
काँकडभिट्टा गोल्डकप फुटबलको उपाधीको लागि मनाङ मस्र्याङदी क्लव र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । खेल आज दिउँसो साढे ३ बजे काँकडभिट्टामा सुरु हुनेछ । आर्मीले पुलिसलाई र मनाङले आयोजकलाई हराउँदै उपाधी भेट पक्का गरेका हुन् ।

मनाङ आजको खेलमा एकहप्ता अघि आर्मीसँगको हारको बदला लिने दाउमा हुनेछ । झापाकै झिलझिलेमा भएको दोस्रो सताक्षी गोल्डकप फुटबलमा मनाङलाई हराउदै आर्मीले उपाधि जितेको थियो । आजको विजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *