नेपाली बजारमा आइफोन १० को बिक्रि आजबाट

काठमाडौँ,मंसिर १५ ।

एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसन प्रा.लि.ले आजदेखी आइफोन टेन नेपाली बजारमा ल्याउँदैै छ। नेपाली बजारमा ६४ जीबी र २ सय ५६ जीबी स्टोरेजमा मात्र आइफोन टेन उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ।

एप्पलको उत्पादन नेपाली बजारमा बेच्दै आएको जेनरेसन नेक्स्टले सक्कली उत्पादन र एक वर्षे वारेन्टीका लागि आधिकारिक च्यानलबाट मात्र खरिद गर्न र सक्कली विल मात्र लिन ग्राहकवर्गमा आग्रह गरेको छ।

त्यस्तै जेनरेसन नेक्स्टले लक्की ड्रमार्फत् एक जना आइफोन खरिदकर्तालाई स्कुटर पनि प्रदान गर्ने भएको छ। यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेनरेसन नेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *