अपरिचित नम्बरबाट आएको फोन नउठाउहोस्

काठमाडौं,१४  मंसिर अवैध बाटो हुँदै नेपाली नम्बरमा विदेशबाट फोन आउन थालेपछि नेपाल टेलिकमले सचेतना अपनाएको छ । विदेशबाट फोन आउँदा नेपाली नम्बर देखाए १ सय ८८ नम्बरमा फोन गरी नम्बर टिपाउन टेलिकमले प्रयोगकर्तालाई आग्रह गरेको छ । ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिन यता विभिन्न सेवाग्राहीलाई गरिएका कलमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएपछि कम्पनीले सक्रियता बढाएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यस प्रकारका ठगीबाट नेपाल टेलिकमका ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्नबाट वञ्चित हुनुको साथै कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन आग्रह गरिएको हो । नेपाल टेलिकमका मोबाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिए सो कल अवैध हुने टेलिकमको निष्कर्ष छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *