भोलि सार्वजनिक बिदा हुने

काठमाडौं, मंसिर १४ ।

सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा भोलि एक दिन सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो ।

त्यस्तै सरकारले आगामी पौष १० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमस डेको दिन डिसेम्बर २५ तारिखमा सरकारले नेपालभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको जानकारी गराएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *