उदयपुरमा एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ

उदयपुर, मंसिर १४ ।
बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ ।

उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७, शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए । उनका अनुसार अन्यको पनि पहिचान भइसकेको र उनीहरुको पनि खोजी कार्य जारी छ ।

बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्षित गरि दनुवारबेँसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियो । एम्बुसमा परि कार्की र उनका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *