प्राविधिक शिक्षालय स्थापना गर्न महायज्ञ, एक करोड ८० लाख रुपैयाँ संकलन

पोखरा, मंसिर १४ ।
पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा १ करोड ८० लाख रुपैयाँ संकलन भएको छ।

सो ठाउँमा रहेको अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने र विद्यालयको लागि थप जग्गा खरिद गर्ने उद्देश्यले गत मंसिर ५ गतेदेखि महायज्ञ सञ्चालन गरिएको थियो। महायज्ञ बुधबार सकिएको छ।

महायज्ञमा बोधराज भण्डारीले १२ आना तीन पैसा एक दाम, शोभाखर दाहालले ६ आना र नेत्रपाणि भण्डारीले ५ आना जग्गा विद्यालयलाई दान गरेका महायज्ञ आयोजक मूल व्यवस्थापन समितिका कोषाध्यक्ष नवराज अधिकारी जानकारी दिए।

महायज्ञमा सो ठाउँ निवासी प्रेमप्रसाद अधिकारीले सबैभन्दा बढी रु ६ लाख २५ हजार, शोभाकर दाहालले रु ५ लाख ५५ हजार ५ सय ५५, नेत्रपाणि भण्डारीले रु ५ लाख ५ हजार ५ सय ५५, शोभाखर भण्डारीले रु ५ लाख ५ हजार सहयोग गरेका छन्।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेल वाचक रहेका थिए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *