कञ्चनपुरमा फेला पारिएको बम नेपाली सेनाद्वारा निष्कृय

कञ्चनपुर, मंसिर १४ ।
कञ्चनपुरको भिमदत्तनगर–५ वनगाउँमा बम फेला परेको छ । बिहीबार बिहान गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा रातो कपडामा बेरेर राखेको अवस्थामा हक्स बम फेला परेको हो ।

बिहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तुको बारेमा जानकारी पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली बम रहेको स्थानमा पुगेको थियो । नेपाली सेनाको टोलीले बमलाई निष्कृय तुल्याएको छ ।

आगामी २१ गते हुने दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न र स्थानीयलाई त्रसित बनाउन चुनाव विरोधी समूहले बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *