कैलालीका बाम गठबन्धनका उम्मेदवार रतन थापाको जीपमा आगजनी

धनगढी, मंसिर १४ ।
कैलाली क्षेत्र नम्बर २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा १६ च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।

आगजनीबाट जीपको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी विनोद घिमिरे जानकारी दिनुभयो । आगजनी कसले गर्यो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको एसपी घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *