उदयपुर बम विस्फोटका घाइते कांग्रेस उम्मेदवार कार्की थप उपचारका लागि शिक्षण अस्पतालमा

काठमाडौं, मंसिर १३ ।
उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

गम्भीर घाइते कार्कीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीसँगै अर्की घाइते निरा कटुवाललाई पनि हेलिकोप्टरबाट राजधानी ल्याइएको हो।

कार्कीको हातखुट्टा र मुखमा चोट लागेको छ।

उदयपुर क्षेत्र नम्बर २ का उम्मेदवार कार्की चुनावी कार्यक्रममा जाँदा उनी चढेको गाडीलाई लक्षित गरी सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। घटनामा कार्कीसहित चार जना घाइते भएका थिए।

विस्फोटमा परी चालक राजन कार्की, धनमाया धौलाकोटी पनि घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *