आईसीसीको नयाँ बरियँता सार्वजनिक (पुरा विवरणसहित)

काठमाडौं, मंसिर १३
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सि (आईसिसी)ले नयाँ बरियँता सार्वजनिक गरेको छ। भारत र श्रीलंकाबिचको दोस्रो तथा अस्ट्रेलिया र इंग्ल्याण्डबिचको पहिलो टेस्ट पछि सार्वजनिक गरेको टेस्ट बरियँतामा अस्ट्रेलियाका कप्तान स्टिव स्मिथको दबदबा रहेको छ।

बरियँता अनुसार एसेज सिरिजको पहिलो खेलमा अविजित १ सय ४१ रन बनाएका स्टिव स्मिथ आफ्नो जीवनकै सबैभन्दा धेरै अंक प्राप्त गर्दै ९ सय ४१ रेटिङ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन्। श्रीलंका विरूद्दको दोस्रो टेस्टमा १ सय ४३ रन बनाएपछि २२ रेटिङ प्राप्त गर्दै चौथो स्थानमा रहेका चेतेश्वर पुजारा उनलाई पछ्याउदै दोस्रो स्थानमा उक्लिएका छन्। उनको नाममा अहिले ८ सय ८८ रेटिङ अंक छ।

त्यस्तै दोस्रो स्थानमा रहेका जोए रूटले एसेज सिरिजको दुई पारी मध्ये एउटामा १५ तथा अर्कोमा ५१ रन बनाएपछि तेस्रो स्थानमा झरेका छन्। उनको अहिले ८ सय ८१ रेटिङ अंक छ। यता न्युजिल्यान्डका केन विलियम्सन एक स्थान तल झर्दै चौथो स्थानमा पुगेका छन्।

श्रीलंकाविरूद्ध दोस्रो टेस्टमा २ सय १३ रनको दोहोरो शतकीय पारी खेलेका भारतीय कप्तान विराट कोहली ८ सय ७७ रेटिङ अंकसहित पाचौं स्थानमा यथावत छन्।

टेस्ट बरियँतामा पाचौँ स्थानमा रहेका कोहली यता वानडे र टी/२० बरियँतामा पहिलो स्थानमा छन्।

बलिङतर्फ इंग्ल्याण्डका जेम्स एण्डर्सन पहिलो स्थानमा यथावत छन्। श्रीलंकाविरुद्द ८४ रन खर्चेर ५ विकेट लिएका रविन्द्र जडेजा दोस्रो स्थानमा उक्लिए। दक्षिण अफ्रिकी कागीसो रवाडालाई तेस्रो स्थानमा झरेका छन्।

टेस्ट क्रिकेटमा ३०० विकेट पुरा गरेका रविचन्द्रन आश्विन ८४९ रेटिङ अंकसहित चौथो स्थानमा छन् ।

वान डेमा शीर्ष स्थानमा रहेका विराट कोहलीको एकदिवसीय रेटिङ अंक ८ सय ८९ रहेको छ भने टी/२० क्रिकेटमा ८ सय २४ रहेको छ। त्यस्तै बलरहरुमा पाकिस्तानका हसन अली ७ सय ५९ रेटिंग अंकसहित एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा छन् भने भारतका जस्प्रित बुम्राह ७ सय ४ रेटिंग अंक सहित टी/२० क्रिकेटमा शिर्ष स्थानमा छन्।

भारत टेस्ट वरियँताको शीर्ष स्थानमा रहँदा दक्षिण अफ्रिका एकदिवसीयको तथा पाकिस्तान टी/२० क्रिकेटको शिर्ष स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *