कोकाकोलाको नयाँ उत्पादन पानी, मूल्य प्रति बोटल २५ रुपैयाँ

काठमाडौँ, मंसिर १३ ।

कोकाकोला नेपालले बजारमा ‘किन्ले ब्राण्ड’ को पानी पनि बेच्ने भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रम गरी कोकाकोलाले किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको हो।

किन्ले ब्राण्डको शुद्ध पिउने पानीको ब्राण्ड एम्बेसडर राजेश हमाल, कोकाकोलाका नेपाल प्रमुख अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शले संयुक्त रुपमा सार्वजनिक गरे।

कार्यक्रममा बोल्दै सिंहले शुद्ध पानीमा कुनै सम्झौता नगर्ने उपभोक्ताका लागि किन्ले उपयुक्त विकल्प भएको बताए।

कम्पनीले पानीलाई एक लिटरको परिमाण उपलब्ध हुने जनाएको छ। यसको मूल्य प्रति बोटल २५ रुपैयाँ राखिएको छ।

किन्ले नेपाली बजारमा कोकाकोलाको दोश्रो ठूलो उत्पादन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *