यस्तो छ कोटेश्वर–कलंकी सडक खण्डको पछिल्लो अवस्था (भिडियो सहित)

काठमाडौ, १३ मंसिर । कोटेश्वर–कलंकी सडक खण्डको काम सुरु भएको ४ वर्षभन्दा बढी भइसक्दा पनि कामले पूर्णता पाएको छैन । कामले योजना अनुसारको गति लिन नसक्दा चार वर्ष बित्दा समेत बल्ल आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ।
आयोजनाले पूर्ण काम सम्पन्न गर्न तोकेको म्याद सकिन अब केहि महिना मात्रै बाँकी रहदा समेत कम भने करिव आधा आधि मात्रै सम्पन्न भएको छ । सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण शुरू गरेको निर्माण पक्षले विविध कारणवस काम गर्न नसकेपछि सन् २०१८ जुलाई ३१ भित्र काम सम्पन्न गर्न आयोजनाले म्याद थप गरेको थियो ।

चिनको आर्थिक र प्राविधिक सहयोगमा सुधार हुन लागिएको सडक निमार्णको काम चिनियाँ ठेकेदार कम्पनी साङघाई ग्रुपले लागेको छ । सडक सुधारका लागि ४ अर्ब ९९ करोड २० लाख रुपियाँ खर्च हुने अपेक्षा गरिएको छ।
१० दशमलव ३९ किमि दूरी रहेको सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनियाँ सरकार र नेपाल सरकारबीच द्विपक्षीय सम्झौता भएको हो।

४ वर्षमा निर्माण पक्षले बल्खु र बालकुमारीमा पुल निर्माण, कोटेश्वर, बी एन्ड बी र बागडोलमा गरी तीन वटा आकाशेपुल निर्माण गरिसकेको छ भने बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा आकाशेपुल निर्माणको काम अगाडि बढाएको आयोजनाले दाबी गरेको छ।

आयोजनाले असार मसान्तसम्म ५ किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो। मनसुन शुरू भएकै कारण ५ किमि सडक कालोपत्रे गर्नुपर्नेमा साढे ४ किमि मात्रै कालोपत्रे भएको आयोजना प्रमुख झाले बताउनुभयो।

८ सय मिटर लामो अन्डरपासमा २० देखि ३४ मिटर गहिराइसम्म गएर पाइलिङको काम भइरहेको छ। आयोजनाले मनसुनमा पाइलिङको काम सम्पन्न गरेर मनसुनपछिको ३ महिनाभित्र अन्डरपासबाटै सवारी सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको छ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *