अपडेट : त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, एक बालक सहित २३ को जिवितै उद्दार(फोटो फिचर)

चितवन, मंसिर १३ ।
चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित त्रिशुली नदीमा आज बिहान यात्रुबाहक बस खसेको छ । बिहान सवा ९ बजे भएको दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । अन्यको उद्धारको प्रयास भईरहेको जनाइएको छ । मृत्यु भएका ७ जनामा ५ जना पुरुष र २ जना महिला रहेको चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए । एक बालकसहित २३ जना घाइतेलाई प्रहरीले उद्दार गरेको छ। बस नदीमा डुवेको छ। बस भित्र कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। बसमा ४० भन्दा बढी यात्रु रहेको आंशका गरिएको छ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु २ ख २९१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । ना ६ ख ४९७२ नम्वरको ट्रकसंग ठक्करखांदा वस नदिमा खसेको बताइएको छ । घाइतेलाई सामान्य उपचारपछि थप उपचारका लागी भरतपुर लगिएको छ । छ । गोताखोरको प्रयोग गरी बेपत्ताको खोजिकार्य भैरहेको छ । घटनास्थलमा अहिले सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर उद्दार गरिरहेको छ। थप उद्दारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सन्जय तिमल्सिनाको टोली घटनास्थल पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *