इङ्लिस प्रिमियर लिगमा आज राति चार खेल हुँदै

 

काठमाडौं, मंसिर १२ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति चार खेल हुनेछन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आज वाटफोर्डको सामना गर्दैछ ।

वाटफोर्डको घरेलु मैदानमा नेपाली सयम अनुसार राति पौने दुई बजे खेल सुरु हुनेछ ।

आजै हुने अन्य खेलमा ब्राइटनले क्रिस्टल प्यालेससँग, लेस्टर सिटीले टोटनह्याम हट्सपरसँग तथा वेस्ट ब्रोमले न्युकासल युनाईटेडसँग खेल्नेछन् ।

प्रिमियर लिग फुटबलको १४ औं चरणका बाँकी ६ खेल भोलि राति हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *