सुनसरीमा हात्तीको आक्रमणबाट २ को मृत्यु

इनरूवा, मंसिर १२ ।
सुनसरीको कोशी गाउँपालिका–३ मा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बासिन्दा ५० वर्षकी बेचनीदेवी सरदार र ३६ वर्षकी सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका सरदारद्वयलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले सोमबार आक्रमण गर्दा ज्यान गएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

हात्तीको आक्रमणबाट स्थानीय बासिन्दा विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *